चोरीको नयाँ शैली : पेस्की दिएर फोटोग्राफीका सामग्री चोरी

चोरी तथा लुटपाटमा संलग्नले हरेक समय नयाँ-नयाँ शैली अपनाउने गरेको त हामीले सुन्दै आएका छौं । यस्तै अनौठो तरिका अपनाएर झापाका एक युवाले चोरी गरेका छन् । हालै झापाका युवाले फोटोग्राफीका लागि पेस्की दिएर पोखरामा स्टुडियो सञ्चालन गरेका व्यक्तिलाई लुटेका हुन् । 

झापा अर्जुनधारा–६ महानन्द चोकका अनुप ढकालले पोखरामा योर डिजिटल फोटो गुड्स सेन्टर सञ्चालन गर्दै आएका विमल कार्कीलाई ४ हजार पेस्की दिएर फोटोग्राफीका सामग्री चोरेसँगै नयाँ शैली बाहिर आएको हो ।  

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ढकालले पोखराका कार्कीलाई फोटोग्राफीका विराटनगर बोलाएर ईसेवाबाट ४ हजार पेस्की रकमसमेत पठाएका थिए ।

पेस्की रकम पाएका कार्की आवश्यक सामग्री बोकेर विराटनगरमा हुने भनिएको फेसन सोमा फोटोग्राफी गर्न आएका थिए । पुस २५ मा विराटनगर आइपुगेका कार्कीलाई ढकालले विराटनगर नभई बुढिगंगा–१ स्थित आरएन होटल एन्ड लजमा बस्ने व्यवस्था मिलाएका थिए । 

होटलको कोठामा सामान राखेर कार्कीलाई खाना खान प्राइम होटल पुर्याएका ढकालले सबै सामग्री बोकेर फरार भएपछि मात्र उनको चोरीको शैली पत्ता लागेको हो ।

प्रहरीले बिहीबार ढकाललाई चोरिएका सामग्रीसहित पक्राउ गरेको छ । प्रहरीले क्यामेरा, ड्रोन, ल्यापटपलगायत चोरिएका सामग्रीसमेत बरामद गरेको छ ।  



ढकालसँगै उनका सहयोगी सारांश भट्टराईसमेत पक्राउ परेको प्रहरीले जनाएको  छ । उनीहरुलाई चोरी कसुरमा मुद्दा चलाइएको छ । 



  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १८:०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया