दाहाल-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाटै निकाल्यो
महासचिव विष्णु पौडेलमाथि पनि कारवाही

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी साधारण सदस्यबाट समेत निष्काशन घोषणा गरेको छ। पेरिसडाँडामा शुक्रबार दिउँसो बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन घोषणा गरेको हो।

ओलीलाई कारवाही गरिएको विषयमा दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले पनि जानकारी दिएका छन्। यसअघि ओलीलाई दाहाल-नेपालको बबरमहलमा भएको बैठकले अध्यक्षबाट हटाइएको घोषणा गरेको थियो।

अब उनलाई पार्टीको साधारण सदस्यबाट पनि निष्काशन गरिएको हो। यो समूहले हाल ओली समूहमा रहेका नेकपा महासचिव विष्णु प्रसाद पौडेललाई पनि कारवाही सिफारिस गरेको छ। रावलका अनुसार पार्टीको हितविपरीत गएर गुट भेलामा सक्रिय भएकाले पौडेललाई कारवाही सिफारिस गरिएको हो।

यसअघि ओली समूहले दाहाललाई पार्टीको कार्यकारी अध्यक्षबाट हटाएको थियो। त्यसैगरी ओली समूहले  प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको थियो। 

हालसम्म महासचिव छान्न नसकेको दाहाल-नेपाल समूहले अर्को समूहमा रहेका पौडेललाई भने कारवाही सिफारिस गरेको हो। पौडेललाई यो समूहले यसअघि कुनै किसिमको कारवाही गरिसकेको थिए। 





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १८:४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया