‘ओलीले बनाउन लागेको पार्टी कम्युनिस्ट होइन धुलो छाप हो’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी नभई धुलो छाप पार्टी रहेको बताएका छन्। 
कम्युनिस्ट पार्टीमा विधिविधान, सिद्धान्त, विचार र कानुुनी मूल्य मान्यता रहनुपर्ने उनले बताए ।  ओली गुट विचार, सिद्धान्त, मूल्य मान्यता र कानुनी लगाम बिनाको धुलो छाप पार्टीका रुपमा रहेको उनले आरोप लगाए। 

पार्टीको सिद्धान्त, विचार र कानुनको बर्खिलाप गरेकाले उनलाई अध्यक्षबाट मात्र नभई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको उनले बताए। 

‘ओली धुलोछाप पार्टी सदस्य हुन् । धुलो टकटक्याउँदै र उडाउँदै कहिले कता कहिले कता दौडिरहेका छन्’ नेपालले भने, ‘सम्भवतः उनी दाङ पनि आउछन् होला धुलो उडाउने।’ प्रेस संगठन दाङ शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्। 

कम्युनिष्ट पार्टीका नेता, कार्याकर्तामा इमान्दारिता, धैर्‍यता, नैतिकता हुनेपर्ने उनको भनाइ छ । ती कुनै गुण ओलीमा नभएकाले उनलाई कम्युनिस्ट नेता मान्नु कम्युनिस्टका लागि दुर्भाग्य भएको नेपालले बताए। 

‘ ओली कम्युनिष्ट आवरण पहिरिएको मान्छे त हो’ उनले भने, ‘उनको भित्रि रुप कम्युनिस्ट होइन । हामी त्यसका भुक्तभोगी हौँ।’  विध्वंश मानसिकता बोकेका ओलीले संविधानको हत्या गरी मुलुकलाई अस्थीरता र  अशान्ती फैलाउन खोजको आरोप नेपालले लगाए ।  तानाशाह प्रवृत्तिका ओली मुलुक बनाउने भन्दा पनि भत्काउने काममा  उद्दत भएको नेपालको भनाइ छ।  

प्रतिनिधिसभा विघटन विरुद्ध सबैतिर चर्काे आवाज उठिरहेका बेला ओली शक्तिको दुरुपयोग गर्न ज्यान फालेर लागि परेको उनले बताए। 
 
 





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार ११:४३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया