कोरोना संक्रमण भई होम आइसोलेसनमा बस्दा जागिर गुम्यो
सांकेतिक फोटो

कोरोना संक्रमण भएर होम आइसोलेनमा बस्दा म्याग्दीको एक व्यक्तिले जागिर गएको छ । कोरोना संक्रमण भएका कारण म्याग्दीको अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुवालको जागिर गएको हो । उनी अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा रहे प्रभु बैंकको शाखामा सुरक्षा गार्डका रूपमा काम गर्थे ।

ज्वरो र रुघाखोकी देखिएपछि उनले शंका लागेर गाउँपालिकाकै स्वास्थ्य शाखामार्फत गत पुस १ गते पिसीआर परीक्षणगर्न स्वाब दिएका थिए ।  पुस ५ गते आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भयो।   बैंक र सेक्युरिटी कम्पनीलाई जानकारी दिइ बरुवाल १४ दिन होम आइसोलेसनमा बसेका थिए ।

संक्रमणमुक्त भएर बैंकमा जाँदा उनलाई बैंले राख्न मानेन। उनको ठाउँमा अर्काेलाई राखिएको थियो । सेक्युरिटी कम्पनीले पनि उनलाई कुनै वास्ता गरेन । 

उनलाई  बैंकमा गार्ड बसेवापत कम्पनीले मासिक रु १८ हजार तलब दिने गरेको थियो । जागिर गुमेपछि उनी रोजीरोटीको समस्याले पिरोलिएका छन् ।  परिवारका बाबुआमा, श्रीमतीसहित तीन छोरी र दुई छोराको जिम्मेवारी उनको काँधमा छ । रोजगारका लागि चार वर्ष मलेसियामा बसेर फर्किएका थिए । 





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १३:५७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया