आजबाट भारतमा कोरोना खोप लगाउन सुरु
मुम्बई कोभिड अस्पतालका स्वाथ्यकर्मीलाई कोरोना खोप लगाइँदै । तस्वीर : एएनआई

छिमेकी देश भारतमा आजबाट कोरोनाको खोप लगाउन सुरु गरिएको छ । भातका प्रधानमन्त्री नरेन्द्र मोदीले खोप कार्यक्रमको उद्घाटन गरेका हुन् । 

मोदीले भारतीय समयअनुसार शनिबार बिहान ११ बजे भिडियो कन्फरेन्सक आयोजना गरी कोरोना खोप कार्यक्रममो उद्घाटन गरेका छन् । यसलाई विश्वकै सबैभन्दा ठूलो कोरोना खोप अभियानको सुरुवात भएको दावी गरेका छन् । 

भारतले पहिलो चरणमा ३ करोडलाई कोरोना खोप लगाउने तयारी गरेको छ । आम जनतालाई कोरोना संक्रमणबाट बचाउन स्वास्थ्यकर्मीहरु ज्यान जोखिममा राखेर खटिएकाले त्यो ऋण चुक्ता गर्न उनीहरुबाटै खोप अभियान सुरु गर्ने मोदीले बताए । 

आज पहिलो दिनमा नै ३ लाख १५ हजार भन्दा धेरैले कोरोना खोप लगाउने उनले जानकारी दिएका छन् 





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १४:१८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया