बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लाई प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा नियुक्त गरेको छ। नेपाली क्रिकेटको विकास र बिस्तारमा पुर्याएको योगदानको कदर गर्दै मल्ललाई ५ वर्षका लागि शनिबार परिषद्को सदस्यमा मनोनित गरिएको हो।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको कप्तानी ज्ञानेन्द्रले ने गरेका छन्। समूह ‘बी’ रहेको बागमतीले आइतबार नेपाल पुलिस क्लबसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ।
बागमती प्रदेशिक क्रिकेट संघले प्रधानमन्त्री कप खेल्ने आफ्ना खेलाडीलाई किट्स, पोत्साहन भत्ता तथा म्याच फि पनि दिने भएको छ।
पोत्साहन भत्ता बापत शतक प्रहार गर्ने खेलाडीलाई १० हजार, अर्धशतक तथा एक खेलमा पाँच विकेट लिने खेलाडीलाई ५–५ हजार तथा तीन विकेट लिने खेलाडीले ३ हजार प्राप्त गर्नेछन्।
संघले प्रतियोगिता अवधिभर प्रत्येक खेलाडीको पाँच लाख बराबरको बिमा गराएको छ। म्याच फि बापत दैनिक जनही २ हजार उपलब्ध गराउनेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।