प्रधानमन्त्रीको प्रश्न : मैले जनता नहँसाएर, मान्छे मार्दै, टुहुरा बनाउँदै हिँडौं

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनताको मुहारमा खुसी ल्याउन खोज्दा केही मानिसहरुलाई औडाहा भएको  बताएका छन्। नेकपा ओली समूह प्रदेश १ को काठमाडौंमा भएको  भेलामा शनिबार बोल्दै उनले यस्तो बताएका हुन्।

पुष्पकमल दाहाल र माधवकुमार नेपालतर्फ लक्षित गर्दै उनले आफूले जनताको मुहारमा खुसी ल्याउन खोज्दा सहिनसक्नु भएको टिप्पणी गरे। 'मैले जनतालाई हँसाउँदा केही  मानिसलाई खपिनसक्नु भएको छ', उनले भने, 'के म मान्छे मार्दै हिँडौं, विधवा र टुहुरा बनाउँदै मान्छे रुवाउँदै हिँडौं?'

उनले आफू देशकै अनुहारमा मुस्कान ल्याउने अभियान रहँदा केहीलाई पीडा भएको बताए। 'म  देशकै अनुहारमा मुस्कान ल्याउन लागिरहेको छु', उनले भने, 'मलाई जोकरले खत्तमै बनायो भन्छन्। जोकरै रहेछ हँसाएरै सक्यो भनिरहेका छन्। नेपाली जनता हाँसेकोमा किन पिर परेको होला? रुवाउन खोजेका थियौ, सकेनौँ रुवाउन दिइने छैन।'





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १५:३४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया