प्रचण्ड-माधवको ब्रान्ड 'हामी  यहाँ छौं भइसक्यो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमाथि  कटाक्ष गरेका छन्। नेकपा ओली समूह प्रदेश १ को काठमाडौंमा भएको भेलामा शनिबार बोल्दै प्रधानमन्त्रीले दाहाल-नेपाल समूहमाथि व्यंग्य गरेका छन्।

दाहाल-नेपाल निर्वाचनमा जान डराएको भन्दै ओलीले उनीहरुको ब्रान्ड नै 'हामी यहाँ छौं' भइसकेको भन्दै कटाक्ष गरे। 'केन्द्रीय कमिटी बैठकमा नआएर साथीहरु कहाँ गए भनेको त माइतीघरको सडकतिर पो गएर बसेछन्', उनले भने, 'माइतीघरमा भेट्छु कि भनेर गएको त निर्वाचन आयोगमा पुगिसकेछन्। त्यहाँ पनि छातीमा 'हामी यहाँ छौं' नै टाँसेर पुगेछन्। अब त त्यो उनीहरुको ब्रान्ड नै भइसकेको छ।'

दाहाल-नेपाल निर्वाचनमा जान डराएको भन्दै ओलीले आक्रोश पोखे। 'निर्वाचनबाट आफ्नो हालत के हुन्छ भन्ने उनीहरुले बुझेका छन्', उनले भने, 'त्यही भएर उनीहरु निर्वाचनमा जान डराएका हुन्।'





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १५:५१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया