महासचिव जहाँ छन्, आधिकारिक नेकपा त्यही हो : सुवास नेम्वाङ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले आफूहरु रहेको नेकपा नै आधिकारिक रहेको बताएका छन्। 

शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा बोल्दै नेम्बाङले यस्तो बताएका हुन्। 

उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने बताएका छन्। देशको संविधान, कानुन तथा विगतको अभ्यासहरुको आधारमा पार्टीको आधिकारिकता आफुहरुले पाउनुको विकल्प नरहेको उनको भनाइ छ। 

स्थायी कमिटी सदस्य नेम्वाङले संविधानमा यो देशको राज्य प्रणाली संसदीय राज्य प्रणाली हुने भनिएको उल्लेख गर्दै संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार पनि हुने बताए। संविधानले प्रधानमन्त्रीको विशेषाधिकारलाई निषेध नगरेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले आफूलाई बहुमत हुँदाहुँदै काम गर्न नदिएको भन्दै जनतामा जाने निर्णय गरेकाले जनतामा जानेकुरा ठिक कि बेठीक भन्‍ने चुनाव हुँदा जानताले नै फैसला गर्ने नेम्वाङले बताए।
 





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १६:६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया