थप २ सय ४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

नेपालमा गत २४ घण्टामा थप २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ८ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४० जनामा कोरोना पुष्टि भएको हो । 

नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८ हजार ९ सय ४४ पुगेको छ । हाल ४ हजार ५८ जना सक्रिय संक्रमित छन् । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ । 

हाल २ सय ३१ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ४ सय ७७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ ।  





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १६:४२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया