कोभिडविरुद्धको भ्याक्सिन सम्पूर्ण नेपालीलाई निःशुल्क : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको जानकारी दिएका छन् । 

विश्व स्वास्थ्य संगठनलगायतका अन्तर्राष्ट्रिय स्वास्थ्यसंस्थाले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सम्पूर्ण नेपालीलाई कोभिडविरुद्धको भ्याक्सिन निःशुल्क रुपमा उपलब्ध गराउने उनको भनाइ छ ।

शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले कोभिड १९ विरुद्धको भ्याक्सिन आयातका लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको जानकारी दिए । 

सरकारले निश्चित आकारको बजेको प्रबन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्तर्राष्ट्रिय दातृनिकायहरुले स्वेच्छिक रुपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको भए पनि देशभित्रका कुनै नागरिक तथा संघसस्थासँग सहयोग लिने अथवा सहयोगको अपिल गर्ने नगरिएको मन्त्री पौडेलले स्पष्ट पारे । 

वर्तमान राजनीतिक सन्दर्भमा बोल्दै मन्त्री पौडेलले जनता सार्वभौमसत्तासम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए । 

नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको दाबी गर्दै उनले यस विषयमा सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने बताए । 





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार २०:३७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया