श्रीमान छाडेर अर्कैसँग बिहे : दुई पक्षको झपड, गर्भवती महिला घाइते
सांकेतिक तस्वीर

कर्णालीको हुम्लामा एक महिलाले श्रीमानलाई छाडेर अर्कैसँग गएको विषयमा झडप हुँदा गर्भवती महिला घाइते भएकी छिन् । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा विवादपछि झपड भएको हो । 

गाउँकै धनराज शाहीकी श्रीमतीले केही महिना पहिला धनराजलाई छाडेर उमेश शाहीसँग विवाह गरेकी थिइन्।  विवाहपछि उमेशले ११ लाख तिरेपछि दुवै पक्षबीच मिलापत्र भएको थियो । 

शनिबार पुनः दुवै पक्षमा विवाद उत्पन्न भएको थियो । विवादका क्रममा पहिलो श्रीमान धनराज पक्षले महिलामाथि कुटपिट गरेका थिए । 

कुटपिटका कारण ५ महिनाकी गर्भवती रहेकी ती महिला घाइते भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार घाइते महिलालाई उपचारका लागिसिमकोट ल्याइएको छ। 





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार ८:२०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया