प्रधानमन्त्री ओली शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। आइतबार बिहान ओली राष्ट्रपति भवन शीतलनिवास पुगेका हुन् ।

ओली विकसित राजनीतिक घटनाक्रमबारे नियमित ब्रिफिङका लागि शीतलनिवास पुगेको बताइएको छ। दुईजनाबीच भेटमा भएका कुराबारेमा शीतल निवास र बालुवाटार दुवैले केही कुरा खुलाएका छैनन्। 

देशमा राजनीतिक संकट आउँदा या आफूलाई अफ्ठेरो परेको समयमा ओली शीतल निवास गइरहन्छन्। तर यस पटकको भेटलाई नियमित भनिएको छ। 

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ सुरु हुनुअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए। 





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १४:१३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया