बुलबुले तालमा फसेको जरायोको उद्धार

सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीय क्षेत्र बुलबुले तालमा फसेको जरायोको उद्धार गरिएको छ । घाइते भई अचेत अवस्थामा तालमा फसेको करिब तीन वर्षको जरायोलाई आइतबार डिभिजन वन कार्यालयको टोलीले उद्धार गरेको हो ।

घाइते जरायो संरक्षित क्षेत्र काक्रेविहार जंगलबाट बाहिर निस्केर अचेत अवस्थामा डौडिँदा बुलबुले तर्फ आई तारहरूमा ठोक्किएर घाइते भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत टेक रावलको अनुमान छ । जरायोको टाउकोमा चोट लागेको छ । जरायोको अहिले उपचार भइरहेको छ उपचारपछि निको भएको खण्डमा सोही जंगलमा छाडिने उनको भनाइ छ । बुलबुले तालबाट कांक्रेविहार क्षेत्र नजिकको दूरीमा पर्छ ।





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १४:३६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया