एकेडेमी सञ्चालनकाे तयारीमा पुलिस क्लब

नेपाल पुलिस क्लबले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने तयारी गरेको छ । जसका लागि नेपाल पुलिस र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सम्झौता भएको छ । आइतबार एन्फा अध्यक्ष कार्मा छिरिङ शेर्पा र नेपाल प्रहरीका एआइजी निरजबहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

पुलिसले सँगास्थित नेपाल प्रहरी स्कुलमा एकेडेमी सञ्चालन गर्नेछ । सझौता अनुसार एकेडेमीमा २१ विद्यार्थी रहनेछन् । जसमा ७ जना प्रहरी स्कुलबाट, ७ जना एन्फाले देशभरबाट छात्रवृत्तिमा छनोट गरेका र ७ जना फुटबलमा इच्छा भएकाहरू हुने छन् ।

एन्फाले चार वर्षसम्म एकेडेमीलाई प्राविधिक सहयोग तथा नेपाल प्रहरी स्कुलसँग सहकार्य गरेर २ वर्षसम्म खेल सामग्री उपलब्ध गराउनेछ ।





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १६:४३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया