तौल घटाउनका लागि शरीरमा अकुपन्चर पोइन्ट्स कुनकुन हुन् ?

तौल घटाउन सबैलाई मन भइरहेको हुन्छ । तर, हामीले निकै धेरै प्रयास गर्दा पनि तौल घटाउन सकिरहेका हुँदैनौँ । योगा, एक्सरसाइज, वाक तथा जगिङका उपाय मात्र होइन, हामीले कहिलेकाहीँ डाइटिङ गरेर पनि तौल घटाउन खोजिरहेका हुन्छौँ । योसँगै अकुपन्चर पोइन्ट्स पनि केही हुन्छन् जसले हामीलाई तौल घटाउन सहयोग गर्छ ।

शरीरमा यस्ता केही बिन्दूहरु हुन्छन् जसले हामीलाई तौल घटाउन सहयोग गर्छ ।

त्यस्तै एउटा बिन्दू हो, नाइटो । नाइटोभन्दा ठिक तल दुई मिनेटका लागि दबाउँदा तौल घटाउन सहयोग गर्ने बताइएको छ । त्यहाँ मालिस गर्दा पनि हाम्रो पाचन प्रणाली थप राम्रो हुने विज्ञहरुले बताउने गरेका छन् ।

अर्को यस्तो बिन्दू हो, नाक र ओठबीचको बिन्दू । यहाँ दबाउँदा पनि तनाव हट्ने मात्र होइन, हाम्रो मोटोपनाको समस्या समाधान हुने विज्ञहरुले बताएका छन् । 

अनि कानको बीचमा रहेको बिन्दूमा पनि हामीले दबाउँदा हाम्रो मोटोपनाको समस्या समाधान हुन्छ । यहाँ दबाउँदा भोक नियन्त्रण हुने मानिएको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार २१:४५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया