ललिता निवास प्रकरण : जेलमा रहेका अख्तियारका पूर्वप्रमुख बस्न्यातको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं : बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएर जेलमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दामा आज सुनुवाइ तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा बस्न्याततको मुद्दाको पेसी तोकिएको हो ।

बस्न्यात विशेष अदालतको आदेशपछि पुर्पक्षका लागि डिल्ली बजार जेलमा छन्। बस्न्यातमाथि तत्कालीन समयमा भौतिक पूर्वाधार सचिव रहेका बेला ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्न भूमिका निर्वाह गरेको अभियोग लागेको छ।

बस्न्यातले उक्त प्रकरणमा विशेष अदालतको आदेश गैरकानुनी रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उक्त प्रकरणमा मुछिएका अन्य व्यक्ति धरौटीमा रिहा भएको जनाउँदै उनले आफूलाई भने थुनामा पठाउने आदेश गैरकानूनी भएको दाबी गरेका छन्। 

विशेष अदालतले बस्न्यातलाई गत मंसिर २८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको थियो ।

अख्तियार प्रमुख हुनुअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव रहँदा बस्न्यात जग्गा प्रकरणमा जोडिएका थिए। बस्न्यातविरुद्ध अख्तियारले २०७६ माघ २२ गते ९ करोड ६५ लाख रुपैयाँ विगो माग गर्दै मुद्दा चलाएको थियो।





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १४:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया