ओलीलाई स्पष्टीकरण सोध्‍न बालुवाटार पुग्यो दाहाल-नेपाल समूह

काठमाडौं : नेकपा दाहाल-नेपाल समूह प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्न बालुवाटार पुगेको छ। माघ २ मा पेरिस डाँडामा बसेको नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकको निर्णय बमोजिम ओलीसँग स्पष्टीकरण माग्दै
बालुवाटारमा पत्र बुझाइएको हो।

प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण माग्दै दाहाल-नेपाल समूहका नेता सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने सोमबार अपरान्ह ४ बजे बालुवाटार पुगेका हुन्। नेकपा अध्यक्ष माधवकुमार नेपालले ओलीलाई पार्टी सदस्यबाट हटाउन सोमबार अन्तिम स्पष्टीकरण पत्र पठाइने बताएका थिए।

ओलीलाई स्थायी कमिटीको निर्णयानुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको नेता पाण्डेले फरकधारलाई बताए। 'विधान विपरित गतिविधि गरेकाले तपाईंलाई थप कारवाही किन नगर्ने? भनेर स्पष्टीकरण माग्दै बालुवाटारमा पत्र बुझाएका छौं', पाण्डेले भने।

पाण्डे र न्यौपानेसहितले उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवासको गेटमा बुझाएर फर्किएका हुन्। 'पत्र दर्ता गर्ने चलन रहेनछ, हामीले बालुवाटारको गेटमा बुझाएर आएका छौँ', उनले भने, 'स्पष्टीकरण पत्र बालुवाटारमा पुगेको बारेमा प्रधानमन्त्रीलाई रिपोर्टिङ भएको छ। हामी जवाफको प्रतिक्षामा छौँ।'





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १७:५९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया