भारतमा कोरोना खोप :५८० मा साइड इफेक्ट, ७ जना अस्पताल भर्ना

छिमेकी देश भारतमा कोरोना खोप लगाउन सुरु गरेको आज ४ दिन भइसकेको छ । सोमबारसम्म ३ दिनको खोप अभियान सकिएको छ । भारतीय मिडियाहरुमा आएका खबरअनुसार सोमबार मात्रै २५ राज्यका गरी  १ लाख ४८ हजारभन्दा बढीले कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप लगाइएका छन् ।

यससँगै तीन दिनमा भारतमा खोप लगाउनेको संख्या ३ लाख ८१ हजारभन्दा बढी पुगेको भारतीय सञ्चार माध्यमहरुले खबर दिएका छन् । 

भारतीय मिडियामा आएका खबर अनुसार कोभिड खोप लगाएपछि केही व्यक्तिमा त्यसको साइड इफेक्ट पनि देखिएको छ । भास्कर डटकमले दिएको एक खबर अनुसार अहिलेसम्म कोरोना खोप लगाएका ५८० भन्दा बढी व्यक्तिलाई साइड इफेक्ट देखिएको छ । यसमध्ये ७ जनालाई अस्पताल नै भर्ना गरिएको छ । 

यसरी अस्पतालमा भर्ना हुनेमा दिल्लीका ३, कर्नाटकका २, उत्तराखण्ड र छत्तिसगढका १–१ जना रहेका छन् । अस्पताल भर्ना भएकाहरुको पनि स्वास्थ्य सामान्य भएको छ ।

भारतले पहिलो चरणमा कोभिड उपचारका खटिने अग्रपंतिका स्थास्थ्यकर्मी, चिकित्सकलाई खोप दिइरहेको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार ७:१५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया