मेचीपारी पहिलो पटक प्रहरी बिट

नेपाल-भारतको पूर्वी सीमानाका मेचीपारी पहिलो पटक प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारीको सीमानाकामा प्रहरी बिटका लागि  पक्की भवन निर्माण भएको हो । प्रहरी बिट मेचीपुलको भवन सोमबार उद्घाटन गरिएको छ ।

मेची नदीपारी मेचीनगर नगरपालिका–१५ र  भद्रपुर– ५ र ३ मा नेपाली बस्ती छ ।  

 १६ लाख ८० हजारको लागतमा निर्माण भएको बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका हुन् । 

वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी बिट विसं २०७७ जेठ २४ गतेबाट निर्माण सुरु भएको थियो ।  

मेचीपारी प्रहरी बिट स्थापना हुँदा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोकिने र स्थानीयलाई शान्ति सुरक्षाको प्रत्याभूति हुने नगरप्रमुख श्रेष्ठको भनाइ छ । 
 





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार ९:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया