भारतको गुजरात निकै भयानक दुर्घटना भएको छ । सडकको फुटपाथमा सुतिरहेका २० जना मजदुरमाथि सडकमा गुडिरहेको एउटा ट्रक चढेको छ। गएराति गुजरातको कोसाम्बामा घटना भएको हो । जसमा परी १५ जनाको मृत्यु भएको छ ।
भारतीय मिडियामा आएका खबर अनुसार ती सबै मजदुरहरु राजस्थानको कुशलगढ क्षेत्रका हुन् । उनीहरु गुजरातको कोसाम्बा क्षेत्रमा रहेर मजदुरी गर्दै आएका थिए ।
भारतीय प्रहरीलाई उद्धृत गर्दै आएका खबर अनुसार १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जनाको मृत्यु अस्पताल पुगेपछि भएको थियो । मृत्यु हुनेमा मजदुरहरुको दुई बच्चाहरु समेत छन् ।
सडकमा गुडिरहेको ट्याक्टरसँग ठक्कर खाएर ट्रक अनियन्त्रित भई फुटपाथमा चढेको भारतीय मिडियाहरुले खबर दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।