आयो आरजेको माकुरी

चर्चित र्‍यापर राजेन्द्र भट्ट (मिस्टर आरजे)को ‘माकुरी सार्वजनिक भएको छ । उनको संगीत रहेको ‘माकुरी नवराज कलौनीले लेखेका हुन् । आरजेको संगीतमा यसपटक समीर आचार्य र रोशनी थापाले स्वर दिएका छन् ।

सार्वजनिक गीतमा आरजेले ¥याप पनि हानेका छन् ।

गीतको म्यूजिक भिडियो विधान कार्कीले निर्देशन गरेका छन् । भिडियोमा हरिस निरौला, जिवेश गुरुङ, एलिस राई, उषा उप्रेतीका साथमा टिकटक स्टार स्मारिका र समारिका ढकालले अभिनय गरेका छन् ।

हरि हुमागाईँको छायांकन रहेको म्यूजिक भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ । गीतमा मोहित मुनालको संगीत संयोजन सुन्न सकिन्छ।

 





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १०:३१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया