बलिउड टिभि सिरियलकी नागिन अर्थात अभिनेत्री मौनी रोय विवाह बन्धनमा बाँधिने भएकी छिन्। उनले अब आफू छिट्टै बिहे गर्ने तयारीमा रहेको जानकारी दिएकी छिन्।
नेपालमा समेत निक्कै रुचाइएको टिभी सिरियल ‘नागिन’की नागिन बेहुँली बनेर दुबई जाने तयारीमा छिन्। उनका प्रेमी सुरज नान्वियरको घर दुबई हो। केहि समयदेखि नागिनको प्रेममा रहेका सुरजले पनि नागिनलाई बेहुँली बनाउने तयारी थालेको जनाइएको छ।
अभिनेत्री रोयले सुरजसँग प्रेममा रहेको खुलासा गर्दै सुरजका परिवारसँगको फोटो समेत सार्वजनिक गरेकी छिन्। कोरोना महामारीसँगै भारतमा सुरु भएको लकडाउनपछि रोय दुबईमा बस्दै आएकी छिन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।