भारतीय सीमाभित्र चीनले गाउँ नै बनाइरहेको दावी

भारतको अरुणाञ्चल प्रदेशभित्र चीनले एउटा गाउँ नै स्थापना गर्न लागेको दावी भारतमा गरिएको छ । सोमबारबाट भारतीय मिडियाहरुमा यो खरबले निकै चर्चा पाइरहेको छ। 

भारत–चीन सीमाबाट ४.५ किलोमिटरभित्र चीनले करिब १०० वटा घर बनाउन लागेको जानकारी दिइएको छ । अमेरिकाको एक सेटेलाइट कम्पनीले खिचेको तस्वीरको हवला दिँदै भारतीय मिडियाहरुले खबर दिएका छन् । 

एनडीटिभीले दिएको खबर अनुसार अरुणाञ्चल प्रदेशको सुबनसिरी जिल्लामा सारी चू नामको नदीको किनारमा चीनले बस्ती बनाएको हो । 

त्यही स्थानको दुई तस्वीहरु देखाउँदै भारतको जमिनमा चीनले गाउँ नै बसाउन लागेको दावी गरिएको छ । २०१९ मा खिचेको तस्वीरमा कुनै संरचना बनेको नदेखिएको  र पछि २०२० को अन्त्यतिर खिचिएको तस्वीरमा ठूलो संख्यामा घरहरु बनाइएको देखिएको दावी गरिएको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार ११:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया