घरेलु भूमिमै भारतसामु निरीह बन्यो अस्ट्रेलिया

अस्ट्रेलिया–भारत चार खेलको टेस्ट सिरिज पाहुना टोली भारतले हात पारेको छ । उसले ब्रिसबेनमा भएको चौथो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलियामाथि ३ विकेटको जित हासिल गर्दै सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो ।

अस्ट्रेलियाले दिएको ३२८ रनको लक्ष्य भारतले ९७ ओभरमा ७ विकेट गुमाउँदै पुरा ग¥यो । भारतका लागि शुभमन गिलले सर्वाधिक ९१ रनको योगदान दिए । ४७.६ ओभरमा नाथन लायोनको बलमा स्टिभ स्मिथको हातबाट क्याच भएका उनले १४६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे ।

८९ रनमा अविजित रहेका ऋषभ पन्तले १३८ बलमा एक चौका र १ छक्का प्रहार गरे । चेतेश्वर पुजाराले २११ बलमा ७ चौकाको मदतले ५६ रनको योगदान दिए ।
अस्ट्रेलियाका लागि प्याट कमिंसले ४, नाथन लायोनले २ र जोस हेजलउडले १ विकेट हात पारे । 

अस्ट्रेलियाले दोस्रो पारीमा ७५.५ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएर २९४ रनको योगफल तयार पारेको थियो । उसका लागि स्टिभ स्मिथले सर्वाधिक ५५ रनको योगदान दिए । ५४.२ ओभरमा मोहम्मद सिराजको बलमा अजिंका रहाणेको हातबाट क्याच भएका उनले ७४ बलमा ७ चौका प्रहार गरे । 

डेविड वार्नरले ४८, मार्कास ह्यारिसले ३८ रनको योगदान दिँदा प्याट कमिंस २८ रनमा अविजित रहे । कमिंसले ५१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
भारतका लागि मोहम्मद सिराजले ५, शार्दुल ठाकुरले ४ र वासिङटन सुन्दरले १ विकेट हात पारे । 

भारतले पहिलो पारीमा १११.४ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएर ३३६ रन बनाएको थियो । उसका लागि शार्दुल ठाकुरले अविजित ६७ रनको योगदान दिए । उनले ११५ बलमा ९ चौका र २ छक्का प्रहार गरे ।



१०८.५ ओभरमा मिचेल स्टार्कको बलमा क्यामरन ग्रिनको हातबाट क्याच भएका वासिङट सुन्दरले १४४ बलमा ७ चौका र १ छक्काको मदतमा ६२ रन बनाए । रोहित शर्माले ४४ रनको योगदान दिए ।

अस्ट्रेलियाका लागि जोस हेजलउडले ५, मिचेल स्टार्क र प्याट कमिंसले समान २–२ र नाथन लायोनले १ विकेट हात पारे । 



टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले पहिलो पारीमा ११५.२ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाउँदै ३६९ रनको योगफल तयार पारेको थियो ।

उसका लागि मार्नुुस लाबुसेनले शतकीय पारी खेले । ६५.५ ओभरमा टि नटराजनको बलमा विकेटकिपर ऋषभ पन्तको हातबाट क्याच हुनुअघि उनले २०४ बलको सामना गर्दै ९ चौकाको मद्दतले १०८ रन प्रहार गरे । 

कप्तान टिम पेनले १०४ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ५० र क्यामरन ग्रिनले ४७ रनको योगदान दिए ।

भारतका लागि वासिङटन सुन्दर, टि नटराजन र शार्दुल ठाकुरले समान ३–३, मोहम्मद सिराजले १ विकेट हात पारे ।

पहिलो टेस्टमा अस्ट्रेलिया र दोस्रो टेस्टमा भारतले समान ८–८ विकेटको जित हात पार्दा तेस्रो टेस्ट बराबरीमा टुङ्गिएको थियो ।  

ब्रिसबेनमा अस्ट्रेलियाले ३२ वर्षपछि हारको सामना गरेको हो । पछिल्लो पटक उसले सन् १९८८ मा वेस्टइन्डिज विरुद्धको टेस्टमा ९ विकेटको पराजय व्यहोरेको थियो । 


 

  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १४:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया