बजारमा सामान्य करेक्सन हुँदा बढ्यो कारोबार रकम

विगत दुई सातादेखि लगातार बढिरहेको सेयर बजारमा मंगलबार ब्रेक लागेको छ । दिनभरको कारोबारमा साढे पाँच अंकले घटेर २३२६ दशमलव ९० बिन्दुमा रोकिएको बजारमा कारोबार रकम भने साढे सात अर्ब रुपैयाँ पुगेको छ ।

लगानीकर्ताले नाफा बुक गर्न खोज्दा सूचक केही घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । 

मंगलबार व्यापार, फाइनान्स र जीवन बीमा समूहको सूचकमा सुधार देखिए पनि बाँकी समूह सूचकमा  भने गिरावट आएको हो । थोरै सेयर पुँजी भएका फाइनान्समा लगानीकर्ताको आकर्षण बढेको छ ।

जीवन बीमा समुह ५३५ अंकले बढ्दा सबैभन्दा धेरै घट्नेमा भने निर्जीवन बीमा समुह १२४ अंकले घटेको छ ।

बजार ओरालो लाग्दा पनि ७ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । 

सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा भने नेपाल लाइफ अगाडि छ कम्पनीको करिब ९२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 



मंगलवार कारोबारमा आएका २०६ कम्पनीमध्ये ५५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ११५ ओटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।



  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १५:५१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया