केपी गुटका मान्छे 'अदालत, निर्वाचन आयोगमा सेटिङ भइसक्या छ' भन्दै हिँडेका छन् : प्रचण्ड
फाइल फोटो

केपी ओली पक्षले अदालत र निर्वाचन आयोगलाई समेत निरन्तर दवाव दिइरहेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा प्रेस संगठन नेपाल दाहाल-नेपालको पक्षको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

केपी र केपी नजिकका मान्छेले अहिले अदालतलाई धम्क्याउने र निर्वाचन आयोगलाई दवाव दिने काम गर्दै हिँडेको प्रचण्डको आरोप छ । ‘गाउँ–गाउँमा, जिल्ला-जिल्लामा उहाँहरुको नजिकमा भनिएका मान्छेले हाम्रो सेटिङ भइस्क्या छ क्या सूर्य हाम्रो हुन्छ भन्दै हिड्ने के हो यो ?’ प्रचण्डले प्रश्न गरे, ‘अदालतमा हाम्रो सेटिङ भइसक्या छ हामीले जे भन्यो त्यही हुन्छ भन्दै हिँड्छन् किन?’ 

यो प्रश्न अदालत र निर्वाचन आयोगलाई नभएर केपी गुटलाई भएको उनले बताएका छन् । 

निर्वाचन आयोग र अदालतप्रति आफूहरुको विश्वास कायम रहेको उनले बताएका छन् । हामी सर्वाेच्च अदालत र निर्वाचन आयोगजस्ता संस्थाहरुलाई सम्मान पनि गर्छौँ, विश्वास पनि गर्छौँ’ प्रचण्डले भने’ हामी जनतामा जाँदा उहाँहरुलाई स्वतन्त्रता पूर्वक निर्णय गर्न सहयोग बनाउँछ।’ 





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १६:५६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया