नेपालमा कोरोना संक्रमित ३४८ थपिए, चारको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गर्दा ३४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख २१ हजार ७१४ पुगेको छ । त्यसैगरी कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । जसमध्ये ३ हजार ७६४ जना सक्रिय संक्रमित छन् ।

थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ । 

हाल १९० जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ४४१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार २५९  पुगेको छ।  

देशभर हाल १९६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । तीमध्ये १६१ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १७:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया