डडेल्धुरामा ट्याक्टर दुर्घटना, एकको मृत्यु,पाँच घाइते

डडेल्धुरा सदरमुकामनजिकै ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। से१त ३८१३नम्बरको ट्याक्टर सडकबाट केही तल खस्दा एकजनाको घटनास्स्थल मै मृत्यु भएको हो।

जिल्लाको अमरगढी नगरपालिका–२ मा उक्त ट्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्माली गाउँका गणेशबहादुर ऐरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। घाइतेको उद्धार गरी डडेल्धुरा अस्पताल पुर्याइएकाे प्रहरी नायव उपरीक्षक नेपालले बताए।

घाइतेहरुको परिचय खुलेको छैन। ट्याक्टर दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिइएको छ ।





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १७:४७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया