आफूलाई केपी ओलीले फकाइराखेको भए देश दुर्घटनामा जान्थ्यो कि भन्ने आफूलाई लागेको प्रचण्डले बताएका छन् । मंगलबार काठमाडौंमा प्रेस संगठन नेपाल दाहाल–नेपालको पक्षको भेलालाई सम्बोधन गर्दै उनले आफू अलि भावुक मान्छे भएको सजिलै फकिन पनि सक्ने बताएका हुन्।
आफूले गतसाल केन्द्रीय समिति बैठक सफलतापूर्वक सम्पन्न गरेपछि ओली आफूलाई पेलेर ध्वस्त पार्न लागिपरेको बताए।
त्यसरी पेलेर आफूलाई अरु नेताहरुसँग नजिक बनाएको भन्दै उनले ओलीलाई धन्यवाद पनि दिएका छन्। ‘मलाई फकाएको–फकायै गरेको भए दुर्घटनै हुन्थ्यो की देश भन्ने डर पनि लाग्छ मलाई’ प्रचण्डले भने, ‘किनभने म अलि भावुक मान्छे फकाएको भए फकिने खालको छु क्या म।’
ओलीले धकेलेर आफूलाई कठोर बन्न बाध्य पारेको बताउँदै आफू कुनै बेला युद्धको नेतृत्व गर्ने कमाण्डर पनि रहेको स्मरण गरे । ‘कठोर हुनुपर्यो भने त म फेरि भित्तामा पुर्याउँछु नी’ प्रचण्डले भने।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।