ओलीलाई प्रचण्डले भने-'माधव नेपाललाई पेलेर प्रचण्डलाई प्रयोग गर्छु भनी ब्लण्डर गर्नुभयो'

माधव नेपाल र उनको पक्षका नेता कार्यकर्ताहरूलाई पेल्नका लागि प्रचण्डको प्रयोग गर्छु भनेर ओलीले ठूलो गल्ती गरेको प्रचण्डले बताएका छन्।

मंगलबार नेकपा प्रचण्ड–नेपालनिकट प्रेस संगठनको भेलामा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीको निरंकुश प्रवृत्ति, दम्भ र अहंकारले नै पार्टी  विभाजनको अवस्थामा पुगेको दावी गरेका हुन्। 

ओलीलाई इगिंत गर्दै उनले भने, ‘माधवजीलाई हेपेर र माधवजीको पक्षमा रहेका इमान्दार कम्युनिस्ट क्रान्तिकारीहरुलाई हेपेर प्रचण्डलाई उपयोग गर्छु भनेर तपाईले ब्लण्डर गर्नुभयो।' प्रचण्डलाई ल्याएर जे भन्यो त्यही गर्ने बनाउँछु भनेर अर्को गल्ती गरेको उनको भनाइ छ। 

संविधानवाद र लोकतन्त्रकाविरुद्ध गएर अनि सार्वभौम जनताविरुद्ध तरबार उजाएर ओलीले बाजी हारेको प्रचण्डले बताए। 

ओली इतिहासमा खराब पात्रको रुपमा दर्ज हुने दावी उनले गरे। 





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १८:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया