प्रदेश १ मा कांग्रेसलाई मुख्यमन्त्री दिन प्रचण्ड–माधव समूह तयार

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपाको प्रचण्ड–माधव समूहले राईलाई हटाउन सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । 

सो समूहले अविश्वास प्रस्तावमा मुख्यमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने कानुनी व्यवस्थाका कारण भीम आचार्यको नाम प्रस्ताव गरे पनि सबै विकल्पमा खुला रहेको जनाएको छ । 

नेकपाका ६७ मध्ये आफूहरुलाई ३८ सांसदको साथ रहेको प्रचण्ड–माधव समूहका नेताहरुले बताउँदै आएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकमा ३३ सांसद उपस्थित भए पनि आफूहरुसँग ३८ सांसद रहेको सो समूहको दाबी छ । 

आफ्नै प्रयासमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पारित हुने प्रचण्ड–माधव समूहको विश्वास छ । त्यसका लागि तटस्थ बसेका ५ सांसदको साथ आवश्यक पर्छ । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नै विवाहका लागि व्यस्त हुने भएपछि अविश्वास प्रस्ताव केही दिनपछि मात्रै पेस हुने भएको छ । प्रचण्ड–माधव पक्ष मुख्यमन्त्री पद छाड्न पनि तयार रहेको सो समूहका नेताले बताएका छन् । 

नेकपाका दुई पक्षबीचको किचलोले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई फाइदा पुग्ने देखिएको छ । अन्य प्रदेशझैँ प्रदेश १मा पनि कांग्रेसलाई मुख्यमन्त्रीका लागि दुवै पक्षले प्रस्ताव गरेको बुझिएको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार २१:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया