भण्डारामा बस र ट्रक ठोक्किँदा दर्जनभन्दा धेरै घाइते

पुर्वी चितवनको भण्डारामा बस र ट्रक ठोक्किँदा दर्जन भन्दा धेरै यात्रुहरु घाइते भएका छ्न भने दुवै सवारीका चालकहरु गम्भिर घाइते भएका छन् ।

काठमाडौँबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख २१११ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ४२८१ नम्बरको ट्रक केहि बेरअघि एक आपसमा ठोक्किएको हो ।

सवारीको तिव्र गतिको कारण र हुस्सुको कारण दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ । घाइतेहरुको प्रहरीले उद्दार गरिरहेको छ । घटनाको बारेमा बिस्तृत विवरण आउन बाकी छ ।





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार २३:४२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया