काठमाडौँ : भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ। भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप कोभिसिल्ड खोप दिने भएको हो। यो खोप विहीबार काठमाडौँ आइपुग्ने स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले बताए।
स्वास्थ्य मन्त्रालयमा आज गरिएको पत्रकार सम्मेलनमा स्वास्थ मन्त्री त्रिपाठीले भारतले यो खोप अनुदान सहयोगमा उपलव्ध गराएको जानकारी दिएका छन्। कार्यक्रममा मन्त्री त्रिपाठीले कोभिड महामारीमा भारत सरकारले नेपालसहित छिमेकी देशहरुलाई समयमै खोप उपलव्ध गराई महानता देखाएको भन्दै प्रशंसा गरेका छन्।
त्रिपाठीले पहिलो चरणमा आएको खोप न्यायपूर्ण रुपमा वितरण गरिने समेत बताएका छन्। 'हामीले खोप पहिले कसलाई दिने भनेर प्राथमिकता निर्धारण गरिसकेका छौँ', उनले भने, 'त्यही अनुसार खोप वितरण हुनेछ। यो खोपलाई एकदमै छिटो लगाउन थालिनेछ।
भारतले खोप दिने घोषणा कार्यक्रममा मन्त्री त्रिपाठीसँगै भारतीय राजदूत विनयमोहन क्वात्रा पनि उपस्थित भएका थिए। भारतले मंगलबार मात्रै नेपालसहितका छिमेकी देशलाई कोभिडविरुद्धको खोप दिने घोषणा गरेको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।