स्वास्थ्य मन्त्री भन्छन् : अपरादर्शी काम गर्दिनँ, त्यस्तो फाइलमा ओम पनि लेख्दिनँ
सोधे : माघमै खोप आयो, मलाई कारवाही हुँदैन होला?

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोनाविरुद्धको खोप पारदर्शी रुपमा खरिद गरिने बताएका छन्। भारतले दिन लागेको १० लाख डोज खोपबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो भनेका हुन्। 

१० लाख डोज खोप अनुदानमा आउन लागेको बताउँदै त्रिपाठीले यो काम नेपाल र भारतबीचको अनुपम उदाहारण रहेको पनि बताए। 'यो खोप उपलब्ध गराएकोमा हामी भारत सरकारलाई धन्यवाद दिन्छौँ', उनले भने, 'बाँकी खोप खरिदमा पनि भारत सरकारको सहयोग महत्वपूर्ण हुनेछ।'

उनले सरकारले फागुनसम्ममा खोप ल्याउने योजना बनाए पनि माघमै आएकोमा खुसी व्यक्त गरे। 'हामीले खोप फागुनसम्म आउँछ भन्ने अनुमान गरेका थियौँ। तर पहिलो खोपको पहिलो खेप भोलि नै आउँदैछ', उनले भने, 'मलाई विश्वास छ अब कारवाही हुँदैन होला !'

त्रिपाठीले यो स्थिति यतिकै नरोकिने बताए। 'यो स्थिति यहीँ थामिँदैन, बाँकी खोप खरिद प्रक्रिया अघि बढाएर दिँदै जानेछौँ', उनले भने, 'म कुनै अपारदर्शी काम गर्दिनँ। अपरादर्शी हुने त्यस्तो फाइलमा म ओम पनि लेख्दिनँ।'

त्रिपाठीले सरकारको अहिलेको प्राथमिकता संक्रमणलाई रोक्ने र संक्रमित भइसकेकालाई बचाउने रहेको पनि बताए। 'अब भारतबाट खोप आइसकेपछि पहिलो चरणमा 'फ्रन्टलाइन'मा खटिनेहरूलाई दिँदैछौं', उनले भने, 'खोप खरिददेखि वितरणसम्मको सबै प्रक्रियालाई म एकदमै पारदर्शी बनाउँछु।'





  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १५:१७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया