बिहीबारको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापतिको अपिल

संसद विघटनविरुद्ध नेपाली कांग्रेसले बिहीबारका लागि तय गरेको वडास्तरीय विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल गरेका छन् ।
बुधबार एक विज्ञप्ति निकालेर सभापति देउवाले भोलिको विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा भोलि देशभरका ६,७४३ वडाहरुमा कांग्रेसले विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध कार्यक्रम घोषणा गरेको थियो । 

यसअघि कांग्रेसले पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन गरिसकेको छ  ।

देउवाले पार्टीका सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता जनाउन पनि अपिल गरेका हुन् ।





  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १६:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया