नेपालका लागि आज विशेष दिन हो : स्वास्थ्य मन्त्री त्रिपाठी

भारतले नेपाललाई कोरोना खोप हस्तान्तरण गरेको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका हुन्। 

भारत सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत बिहीबार मध्यान्ह १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो । 

खोप हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री हृदयस त्रिपाठीले नेपालको धर्तीमा भ्याक्सिन उतार्न सफल भएको दिन भएकाले आजको दिन नेपालका लागि विशेष दिन भएको बताए । नेपालमा अहिले ४० लाख भ्याक्सिनको आवश्यकता रहेको मन्त्री उनले बताए। 

अहिले पाएको खोप उपहारका रुपमा भएको र अब सरकारले खोपको खरिद प्रक्रिया अघि बढाउने जानकारी मन्त्री त्रिपाठीले दिएका छन् ।

नेपाललाई अनुदानमा कोरोना खोप दिएकोमा भारत सरकार र त्यसका लागि सहयोग गर्ने राजदूत क्वात्रालाई स्वास्थ्यमन्त्री त्रिपाठीले विशेष धन्यवाद दिए । 

 भारतले अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप सुरुमै फ्रन्टलाइनमा खटिनेलाई लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले यसबारेमा बुधबार जानकारी दिएका हुन्। भारतमा सिरम इन्स्टिच्युटले उत्पादन गरेको १० लाख डोज कोभिसिल्ड खोप बिहीबार काठमाडौं आएको हो।



मन्त्री त्रिपाठीका अनुसार यो खोप पहिलो चरणमा फ्रन्टलाइनमा खटिनेहरूलाई लगाइने छ। 'नेपालमा ७२ प्रतिशत जनसंख्या खोपका लागि उपयुक्त रहेको ठहर हामीले गरेका छौं', उनले भने।

त्रिपाठीका अनुसार यो खोप देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापनकर्मी, चिकित्साकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकलाई लगाइनेछ। त्यसबाट बाँकी भएको खोप उच्च जोखिमका अन्य समुदायलाई क्रमश: लगाउँदै जाने उनले बताएका छन्।



 

  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १३:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया