मप विश्वविद्यालयका चार क्याम्पस प्रमुखले दिए राजीनामा

मध्य पश्चिमश्चिमाञ्चल विश्वविद्यालयका क्याम्पस प्रमुखहरूले संयुक्त राजीनामा दिएका छन् । उपकुलपति नन्दबहादुर सिंहले ज्यादतीपूर्ण व्यवहार गरेको भन्दै चारवटा क्याम्पस प्रमुखहरूले संयुक्तरूपमा राजीनामा दिएका हुन् । 

विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ संकायका क्याम्पस प्रमुख सोनालाल यादव, मानविकी तथा सामाजिक शास्त्र संकाय केन्द्रीय क्याम्पस प्रमुख तेजविक्रम बस्नेत, शिक्षा शास्त्र संकायका क्याम्पस प्रमुख जस्वीर रोका, व्यवस्थापन संकायका क्याम्पस प्रमुख दीपकसिंह रावत, कानुनी संकायका डाइरेक्टर अर्जुनबहादुर एडी र विज्ञान र मुसुम क्याम्पसका डाइरेक्टर डा. सुशील शाहीले सामूहिक राजीनामा दिएका हुन् ।

क्याम्पस सञ्चालनमा उपकुलपतिले हस्तक्षेप गरेको, बजेट निकासा केन्द्रीय क्याम्पसबाटै हुने व्यवस्था गरेको, क्याम्पस सञ्चालनका लागि प्राध्यापकहरूको नियुक्त रोकेको लगायतका आरोप लगाउँदै सामूहिक राजीनामा दिएको बताएका छन् । बुधबारको बैठकमा उपकुलपतिले जिम्मेवारी पूरा नगर्ने क्याम्पस प्रमुखहरूको राजीनामा मागेपछि बिहीबार सामूहिक राजीनामा आएको हो ।





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १३:३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया