विश्व अर्थतन्त्रमा अमेरिकी प्रभाव
राष्ट्रपतिका रुपमा जो बाइडेनले शपथ लिएसँगै उकालो लाग्यो विश्व सेयर बजार

बिहीबार एशियालीसँगै विश्वका अधिकांश सेयर सूचक उकालो लागेका छन् । अमेरिकी राष्ट्रपतिका रुपमा जो बाइडेन​ले शपथ लिएसँगै कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई उकास्न आर्थिक प्रोत्साहन प्याकेजका ल्याउने आशासँगै समग्र सेयर बजार नयाँ उचाइमा पुगेको विश्लेषण अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

यस दिन एशिया–प्यासिफिक सेयर सूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । उक्त सूचक यस दिन ०.८५ प्रतिशतले बढेको छ । चिनियाँ ब्लू–चिप्स सेयर १.२ प्रतिशतले बढेको छ भने अस्ट्रेलियाको सेयर सूचक पनि ०.६९ प्रतिशतले उकालो लागेको छ ।

जापानको निक्केई सूचक ०.७२ प्रतिशतले बढेको दिन भारतीय सेयर बजार परिसूचक सेन्सेक्सले पहिलो पटक ५० हजारको बिन्दु पार गरेको छ । 
यसैगरी निफ्टी सूचक पनि ७४.६५ अंकको बढोत्तरीका साथ १४ हजार ७१९.३५ बिन्दुमा कारोबार भइरहेको छ ।





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १४:३५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया