दाहाल-नेपालप्रति ओलीको कटाक्ष : केही मानिस सिनेमा देखाएर झुक्याउँदैछन्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुले जनतालाई झुक्याइरहेको बताएका छन्। प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै आन्दोलनका नाममा दाहाल-नेपालले जनतालाई झुक्याइरहेको जिकिर गरेका हुन्। 

'तिनीहरुले अहिले जनतालाई सिनेमा देखाउँदैछन्', ओलीले अगाडि भने, 'एउटा सिनेमामा हिरो हुन्छ, हिरोइन हुन्छन्। उनीहरुको लभ परेको हुन्छ धुमधामसँग। त्यही सिनेमामा हिरोइन सख्त घाइते हुन्छे, हिरो व्याकुल हुन्छ, रुन्छ दु:खी हुन्छ। तर उनीहरुको न लभ परेको हुन्छ न हिरोइन नै घाइते भएकी हुन्छे। त्यो त केबल सिनेमाको कथा मात्रै त हो।'

उनले दाहाल-नेपालतिर कटाक्ष गर्दै केही मान्छेले सिनेमा देखाउन आएर जनतालाई झुक्याउन सक्ने भन्दै सचेत हुन अपिल गरे। उनले मान्छेको मति ठीक ठाउँमा नभएमा बुद्धिले पनि काम नगर्ने बताए। 'बुद्धि र मतिको पनि अर्थ हुन्छ। मति ठीक ठाउँमा भएन भने बुद्धिले काम गर्दैन। बुद्धिमान मान्छेको मति बिग्रियो भने उसले बदमासी पनि मिलाएर गर्न जानेको हुन्छ', उनले भने, 'मुर्ख चोर भयो भने केही न केही प्रमाण छाडेर प्रहरीले समात्छ। मतिलाई ठीक ठाउँमा राखेर बुद्धि पनि जोगाउनुपर्छ।' 





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १४:५५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया