प्रधानाध्यापक हत्या आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

प्रधानाध्यापक हत्याको आरोपमा नेकपा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । मोरङस्थित मिक्लाजुङ गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको गत २३ मंसिरमा हत्या भएको थियो । 

हतियारसहित आएका चार–पाँचजनाको समूहले अपहरण गरेर उनलाई जंगलमा लगी घाँटी रेटेर हत्या गरिएको थियो । हत्यामा संलग्न ३२ वर्षीय डिबी सिलवाल भन्ने धनबहादुर विश्वकर्मा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

संखुवासभाको मादी नगरपालिका– ४ ओखरबोटेका नेकपा विप्लव समूहका मोरङ इन्चार्ज विश्वकर्मालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । हत्यामा संलग्न अन्य आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका विश्वकर्मालाई प्रहरीले कर्तव्य ज्यान कसुरमा अदालतमा मुद्दा दर्ता गराएको छ ।

नेकपा विप्लव समूहले विज्ञप्ति जारी गरेर श्रेष्ठ हत्याको जिम्मा लिएको थियो । श्रेष्ठलाई सुराकी गरेको आरोपमा सोधपुछ गर्न खोज्दा उनले प्रतिकार गरेपछि कारबाही गरेको विप्लव समूहले स्पष्टीकरण दिएको थियो । 





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १७:४२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया