काठमाडौं : गत पुस ५ मा गरिएको प्रतिनिधिसभा विघटनको सूचना सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेश गरिएको छ। प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित नै नगरेको कुरा वकिलहरूले उठाएपछि शुक्रबार बसेको इजलासमा पेश गरिएको हो।
सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले संवैधानिक इजलासमा उक्त सूचना पेश गरे। प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना अहिलेसम्म राजपत्रमा प्रकाशित नगरेको भन्दै बिहीबार बसेको संवैधानिक इजलासमा वकिलहरूले कुरा उठाएपछि पेश गरिएको हो। उक्त सूचना आजको इजलासमा पेश गरिएको हो।
बिहीबारको बहसका क्रममा अधिवक्ताहरू ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले उक्त कुरा उठाएपछि आज महान्यायाधिवक्ता खरेलले पेश गरेका हुन्। संवैधानिक इजलासले महान्यायाधिवक्ताको कार्यालयलाई उक्त सूचना पेश गर्न निर्देशन दिएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।