बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस हुँदै
फाइल फोटो

शुक्रबारको प्रदेश सभा बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने भएको छ । 

 केन्द्रमा भएको नेकपा फुटको असर प्रदेशसम्म पुगेसँगै माधव–दाहाल समूहका सदस्यले पुस १० मा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

अविश्वासको प्रस्तावमा प्रचण्ड–नेपाल पक्षका पक्षका ४३ प्रदेश सांसदले हस्ताक्षर गरेको भए पनि हाल तीन जना सदस्यले हस्ताक्षर फिर्ता लिएका छन् ।  

माधव–दाहाल समूहले अविश्वासको प्रस्ताव पारित हुने दाबी गरिरहेको छ भने ओली समूह पारित नहुने बताउँदै आएको छ । 

कांग्रेसको साथबिना कुनै पक्षको पनि बहुमत पुग्ने सम्भावना छैन । तर, हालसम्म पनि कांग्रेस कुनै पक्षमा खुलेर लागेको छैन । 

 



   
 



  • प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार १२:४२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया