शिवपुरीमा भूकम्पीय जोखिमसम्बन्धी पूर्वसचेतना

काठमाडौं : शिवपुरी माध्यमिक विद्यालय, महाराजगन्जमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि विद्यालयस्तरमा गरिने 'ड्रिल' अभ्यास सम्पन्‍न भएको छ। 'ब्रिटिस काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड' कार्यक्रम अन्तर्गत रहेको " भूकम्पीय जोखिम न्यूनीकरणमा यूवा सहयोगी हातहरु परियोजना कार्यका रुपमा विद्यालयमा यो अभ्यास भएको हो।

नेपाल भूकम्पीय जोखिममा पर्ने मुलुकमा पर्छ। विद्यालय, सिनेमाघर, रंगशाला जस्ता धेरै भिडभाड हुने ठाउँहरुमा यसरी पूर्व तयारी गर्नाले आपतविपतमा हुने मानवीय क्षति कम गर्न सहयोग पुग्छ। यो परियोजनाले पनि आपतकालीन रूपमा आउन सक्ने भूकम्पीय प्रकोपबाट विद्यालयमा क्षति न्यूनीकरण गर्न विद्यालय परिवारले गर्न सक्ने कार्यप्रति सचेतना जगाउने उद्धेश्य लिइएको हो। 

कार्यक्रममा 'स्कुल अफ सेल्टर एन्ड इन्भाइरोमेन्ट' संस्थाका कार्यकारी निर्देशक लक्ष्मी नारायण पराजुली र त्यही संस्थाकी निर्देशक सुनिता जिसीले सहजीकरण गरेका थिए। सैद्धान्तिक मात्रै भन्दा व्यवहारिक रुपमा भूकम्पीय जोखिम न्यूनीकरणमा अपनाउनुपर्ने पूर्व सावधानीबारे अभ्यास गर्न पाउँदा सिकाइ जीवन्त रहेको छात्रा सुदिना बस्नेतले बताइन्। 

यो अभ्यासको सिकाइले भूकम्पीय जोखिम न्यूनिकरणका लागि पूर्व सावधानी समुदाय तहसम्म पुग्न सक्ने विद्यालयका प्रधानाध्यापक दिवाकर दुरदर्शीले बताए। यो परियोजना नेपाल जस्तै भूकम्प गइरहने मुलुक जापानको माएवासीमा अवस्थित 
'गुन्मा विश्व विद्यालय र गुन्मा विश्व विद्यालयसँग सम्बन्धन प्राप्त विद्यालयसँग एक्सचेन्ज गरिएको कार्यक्रम संयोजक सुलोचना न्यौपानेले बताइन्। 
 





  • प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार १४:२३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया