माधव नेपालको उद्घोष : यो त आन्दोलनको कास्टिङ मात्रै हो, फिल्म बाँकी नै छ
फाइल तस्बिर

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अर्को जनआन्दोलन हुने बताएका छन्। दाहाल-नेपाल समूहले रत्नपार्कस्थित सडकमा गरेको विरोधसभालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'आजको यो कार्यक्रमले जनआन्दोलनको झल्को दिएको छ। तपाईंहरु बुझ्नुस्, यो त कास्टिङ मात्रै हो, फिल्म आउनै बाँकी छ', उनले भने, 'केपी ओलीलाई कम्युनिष्ट पार्टीको सदस्य पनि हुन लायक नभएकाले स्पष्टीकरण सोधेका छौँ। उहाँले त्यसको जवाफ  दिनु भएको छैन। जवाफ नआएमा अब पार्टीबाटै निष्कासन गर्छौं।'

आफूलाई अझै पनि केपी ओली गल्ती महसुस गरेर आउने आशा रहेको बताए। 'आफ्नो गल्ती स्वीकारेर जुलुसमा सामेल हुन्छु भनिहाल्ने हुन् कि भनेको थिएँ, अझै पनि उनलाई सुध्रिने अवसर छ', उनले भने, 'केपी ओली अझै आएमा माफी दिऊँला तर फेरि केपी ओलीसँग झुक्ने कुनै काम पार्टीले गर्ने छैन।'

भिडियो





  • प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार १५:१२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया