माघ २३ मा वास्तविक जनप्रदर्शन देखाउँछौं : प्रधानमन्त्री
दाहाल-नेपाललाई मुंगेरीलालको संज्ञा दिए

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन्। 

शुक्रबार काठमाडौं पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनेर देखाउने बताएका हुन्।

उनले आज पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे। प्रचण्ड-माधव समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की नदिन पनि चेतावनी दिएका छन्। 

प्रचण्ड-नेपालको विरोधसभामा अलिअलि मान्छे जम्मा भएको टिप्पणी उनले गरे। ओलीले प्रचण्ड-नेपाललाई हिन्दी चलचित्रको पात्र मुंगेरीलालसँग तुलना गरे।

'प्रचण्ड-माधव-कार्यकर्ताले बरु पुरानो हिन्दी फिल्म ‘मुंगेरीलालके हँसिन सपने’ युट्युबमा छ खोजेर हेर्नू। त्यहाँ एउटा मात्रै पात्र थिए, नेपालमा दुई-दुईजना मुंगेरीलाल छन्। मुंगेरीलालले आफू र आफ्ना मान्छेका लागि मात्रै सपना देख्छ', उनले भने, 'हाम्रा मुंगेरीलालहरु जनताको हितमा कहिल्यै सपना देख्दैनन्। उनीहरु म, मेरो परिवार, मेरा छोरी ज्वाइँ र नातागोताको मात्रै सपना देख्छन्।'

सम्बोधनका क्रममा ओलीले प्रतिनिधिसभा पुन:स्थापना हुनै नसक्ने जिकिर पनि गरे। उनले दाहाल-नेपालको इच्छा र दबाबमा प्रतिनिधिसभा नफर्किने उल्लेख गरे। वकिलहरूले अहिले अदालतमा गरिरहेको बहसलाई पनि ओलीले गफ चुट्ने कामको संज्ञा दिएका छन्। 





  • प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार २०:१०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया