वान प्लसले नयाँ फोन ल्याउने भएको छ । यो नयाँ फोनलाई वानप्लस नाइन र नाइन प्रो नाम दिइएको छ । अहिलेसम्म कम्पनीले यसका विशेषताबारे सार्वजनिक गरेको छैन ।
तर, मार्चमा लन्च हुने भनिएको यो फोनमा विशेष फिचरहरु रहेको सूचना चुहिएको छ ।
वानप्लस नाइनमा ६.५५ इनचको फ्ल्याट डिस्प्ले हुने, फुल एचडी रिजोलुसन हुने तथा कभ्र्ड एज डिस्प्ले हुने भनिएको छ ।
वानप्लसका यी दुवै भेरियन्टमा क्वाड क्यामेरा हुन् बताइएको छ । अहिलेसम्म यी दुई फोनको ब्याट्री क्षमता के हुने भन्ने सार्वजनिक गरिएको छैन । तर, दुवै फोन अहिलेसम्मका वान प्लसभन्दा पातला हुनसक्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।