सर्वोच्चमा अधिवक्ता त्रिपाठीको बहस : प्रतिनिधिसभालाई उसको आयुसम्म चल्न दिनुर्छ

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज आइतवार पनि सुनुवाइ जारी छ। आजको बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभालाई उसको आयुसम्म चल्न दिनुपर्ने राय राखेका छन्।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचनाबारे बहस गर्न माग गरेपछि केही बेर तनाव भएको थियो। त्यसबारेमा आज बहस हुन नसक्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रूलिङ गरेपछि मूल मुद्दामा बहस भइरहेको छ।

बहसमा भाग लिँदै प्रतिनिधिसभालाई उसको आयुसम्म नै चल्न दिनुपर्ने मत त्रिपाठीले राखेका हुन्। 'प्रतिनिधिसभाको एउटा आफ्नै आयु हुन्छ। उसलाई आयुअनुसार चल्न दिनुपर्छ', त्रिपाठीले बहसका क्रममा भने। उनले प्रतिनिधिसभालाई मानिसको मुटुसँग तुलना गर्दै आफ्नै गतिमा चल्न दिनुपर्ने मत राखे। 

'श्रीमान्, मुटुको धड्कन छिटोछिटो चल्यो भने पनि मान्छे मर्न सक्छ। ढिलो चल्यो भनेपनि मर्न सक्छ', अधिवक्ता त्रिपाठीले बहस गर्दै भने, 'प्रतिनिधिसभालाई पनि आफ्नै गतिले उसको आयुसम्म चल्न दिनु पर्छ।'





  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १३:४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया