सत्यमका लागि हमाललाई मनाउनै ९ महिना

नेपाली कथानक चलचित्र ‘सत्यम’ युनिटले अभिनेता राजेश हमालको थिमेट्रिकल स्केज पोस्टर सार्वजनिक गरेको छ । हमाललाई शीर्ष भूमिकामा लिएर निर्माण हुन लागेको यो चलचित्रका मुख्य ४ पात्रका लागि अडिसन घोषणा गरिएको छ । अडिसनले चलचित्रको शीर्ष भूमिकामा रहेर अभिनय गर्ने २ पुरुष कलाकार र २ महिला कलाकार छनोट गर्नेछ ।

हमालको स्केज पोस्टरमा ‘सत्यमः राइजिङ अफ दि हिरोज’ लेखिएको छ । यो चलचित्रमा भिलेनका रुपमा अभिनेता अनुप विक्रम शाहीले अभिनय गर्ने छन् । चलचित्रका निर्देशक शंकर कार्कीले अनुपको चरित्र लुक्ससहितको पोस्टर छिट्टै रिलिज गर्ने बताएका छन् ।

यो चलचित्रमा अभिनेता पल शाह र अभिनेत्री उपासना सिंह ठकुरीले पनि अभिनय गर्ने छन् । टुडी प्रविधिमा निर्माण हुने यो चलचित्रमा अभिनयका लागि राजेश हमाललाई मनाउन ९ महिना लागेको चलचित्रका निर्माता रेशम सापकोटाले बताए ।

रेशम सापकोटाकै लेखन रहेको यो चलचित्रका २१ कलाकारका लागि आगामी माघ १९ गतेबाट अडिसन सुरु हुनेछ । पहिलो अडिसन माघ १९ गते काठमाडौंमा हुनेछ । दोस्रो अडिसन माघ २३ गते पोखरामा, तेस्रो अडिसन माघ २५ गते बुटवल र माघ २७ गते झापामा अन्तिम अडिसन हुनेछ । 





  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १४:४९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया