रघु पन्त भन्छन् : नागरिक आन्दोलनमा बोलाएर होइन आफैं गएँ

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सोमबार बालुवाटार क्षेत्रमा भएको नागरिक आन्दोलनमा ऐकेवद्धता जनाउन गएको बताएका छन्।

स्वतन्त्र भनिएका नागरिक अगुवाहरुको आन्दोलनमा नेकपा नेता पन्त पनि देखिएपछि आलोचना भइरहेका बेला उनले यस्तो भनेका हुन्। 'प्रतिगमनविरुद्धको नागरिक आन्दोलनमा हामी जानै पर्ने जरुरी छ', उनले भने, 'प्रतिगामी कदमविरुद्धको आन्दोलनलाई बल दिन म आफैँ त्यहाँ गएको हुँ।'

उनले उक्त आन्दोलनमा सहभागी हुन आफूलाई कसैले नबोलाएको पनि तर्क गरेका छन्। 'मलाई कसैले बोलाएको थिएन', उनले भने, 'म गएर आन्दोलनमा सहभागी भएको हुँ, यसबारे यहाँभन्दा धेरै टिप्पणी नगरौँ।'

प्रहरीले हानेको पानीको फोहरा सामना गर्नेमध्ये पन्त मुख्य व्यक्ति थिए। पत्रकार तथा लेखक नारायण वाग्लेसहितको अगुवाइमा भएको आन्दोलनमा माघको जाडोले काँपिरहेकाहरुमाथि प्रहरीले पानीको फोहरा हान्दा झन् समस्या भएको थियो। नेता पन्तले पानीको फोहराका कारण आफू बिरामी नै परेको बताएका छन्। 

भिडियो





  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १३:६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया